अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न राष्ट्रिय सभा सांसदलाई अध्यक्ष ओलीको निर्देशन

सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न राष्ट्रिय सभा सांसदलाई अध्यक्ष ओलीको निर्देशन


काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न राष्ट्रिय सभाका एमाले सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

निजी निवास बालकोटमा बुधबार एमालेका सांसदहरुलाई सरकारका गलत कार्यको विरोध गर्न र जनताका आवाजलाई उठाउन निर्देशन दिनुभएको सांसद कोमल वलीले जानकारी दिनुभयो ।

राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता सुमनराज प्याकुरेलको नेतृत्वमा एमाले संस्थापन पक्षका सांसदहरु बालकोट जानुभएको थियो ।