अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस सांसद अमरेशकुमार सिंहले राजीनामा दिने

कांग्रेस सांसद अमरेशकुमार सिंहले राजीनामा दिने


काठमाडौं– नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले पदबाट राजीनामा दिने घोषणा गर्नु भएको छ ।

उहाँले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउन लाग्नुभएको हो । सांसद सिंहले आजै बालुवाटार पुगेर राजीनामा पत्र बुझाउने बताउनुभएको छ ।

पार्टीभित्र क्रियाशील सदस्यता वितरणमा धाँधली भएको र आफ्ना मतदाताको अपमान गरिएको भन्दै सिंहले राजीनामा दिने निर्णय गर्नु भएको हो ।