अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल समूहको बैठक : एकता प्रक्रियालाई जोड दिने, उत्तेजक गतिविधि रोक्न आग्रह

नेपाल समूहको बैठक : एकता प्रक्रियालाई जोड दिने, उत्तेजक गतिविधि रोक्न आग्रह


काठमाडौं– नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकता प्रक्रियालाई जोड दिने भएको छ ।

आज बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले एकता प्रक्रियालाई जोड दिने सहमति भएको हो । नेता रघुजी पन्तले एकता प्रक्रियालाई राम्ररी अघि बढाउनुपर्ने र एकतालाई जोड दिनुपर्छ भन्ने विषयमा सहमति भएको बताउनुभयो ।

एकता प्रक्रिया चलिरहेका बेला वरिष्ठ नेता नेपालविरुद्ध नाराजुलुश र पुतला जलाउने कार्य तत्काल रोक्न बैठकले माग गरेको उहाँले बताउनुभयो ।

‘एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधव कुमार नेपालविरुद्ध नाराजुलुश र पुत्ला जलाउने साथै संविधान र सर्वोच्च अदालतको फैसला अनुरूप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरूलाई आतंकित पार्ने र उनीहरूविरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनुपर्छ,’ नेता पन्तले भन्नुभयो ।

बैठकमा पार्टी उपाध्यक्ष भीम रावल भने सहभागी हुनु भएन ।