अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटी बैठक

माधवसहित एमालेका २२ सांसदलाई स्पष्टीकरण पत्र पठाइयो [पत्रसहित]

माधवसहित एमालेका २२ सांसदलाई स्पष्टीकरण पत्र पठाइयो [पत्रसहित]


काठमाडौं– नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदसँग स्पष्टिकरण माग गरेको छ । एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदसँग स्पष्टिकरण माग गरेको हो ।

पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भएको, पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेकोलगायतका बिषयमा स्पष्टिकरण माग गरिएको छ ।

गत सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले २२ सांसदसँग २४ घण्टाभित्र स्पष्टिकरण माग गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार २२ सांसदलाई साउन ४ र ५ को मिति राखेर आज मात्रै पत्र पठाइएको हो ।

स्पष्टीकरण सोधिएको पत्र :