काठमाडौं– गत २४ घण्टामा देशभर २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, गत २४ घण्टामा १ हजार ४७५ जना संक्रमणमुक्त हुँदा ३० संक्रमितको मृत्यु भएको छ ।
आज काठमाडौं उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना संक्रमित फेला परेका छन् ।







प्रतिक्रिया