अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवालाई भेट्न विप्लव बालुवाटारमा

देउवालाई भेट्न विप्लव बालुवाटारमा


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । उहाँहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा सरकारकातर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाँण सहभागी हुनुहुन्छ भने नेकपाबाट विप्लवसहित नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला सहभागी रहनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा प्रधानमन्त्रीसँग छलफल भइरहेको बताइएको छ । विप्लवसहितका नेताहरुले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलगायतसँग भेटर्वाता गर्नुभएको थियो ।