अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डिएसपी हरि खतिवडा बागमती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित

डिएसपी हरि खतिवडा बागमती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित


हेटौँडा– जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडा बागमती प्रदेशको उत्कृष्ट प्रहरी घोषित हुनु भएको छ । डिएसपी खतिवडाले सम्पादन गरेका कामको उच्च मूल्याङ्कन गर्दै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले उहाँलाई असार महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित गरेको हो ।

खतिवडाले केही समयअघि बनेपामा भएको दुर्घटनाका दोषीलाई एक महिनापछि पक्राउ गर्न सफल हुनु भएको थियो । दुर्घटनाका दोषी रामेछाप उमाकुण्ड गाउँपालिका–१ का ४५ वर्षीय दोर्जे शेर्पालाई ना ४ च ४०६९ नम्बर माज्दा गाडीसहित खतिवडाले पक्राउ गर्नुभएको थियो ।

पाँचखाल नगरपालिका–६ बस्ने माधव घिमिरेले आफ्नी श्रीमती तथा ६ वर्षका छोराको हत्या गरी फरार भएको घटनाको अनुसन्धानमा समेत खतिवडा सफल हुनु भएको थियो । साथै, कोरोना महामारी संक्रमणको अवस्थामा विभिन्न सरोकारवालासँग समन्वय गरी अक्सिजन उपलब्ध गराउन लागेको, स्वास्थ्य सामग्री व्यवस्थापनलगायत प्रहरी परिचालनमा प्रभावकारी भूमिका निर्वाह गरेको र विभिन्न मुद्दाका ११ फरार प्रतिवादीलाई असारमा पक्राउ गरी अदालतमा पेश गर्न सफल भएको भन्दै उनलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सम्मान गरेको हो ।