काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।
प्रचण्ड र राजदूत क्वात्राबीच खुमलटारमा भेटवार्ता भएको हो ।
प्रचण्डले बुधबार स्थायी कमिटी सदस्यहरूलाई सुनाए अनुसार भेटमा राजदूत क्वात्राले जो सरकारमा आए पनि राम्रो सम्बन्ध कायम गरेर अघि बढ्ने बताउनुभएको थियो ।
प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीलाई फोन गरेर पनि भनिसकेको भन्दै उहाँले केही ग्याप भए हटाउनुपर्नेमा जोड दिनुभएको थियो ।
प्रतिक्रिया