अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालले भीम रावललाई के सझाव दिनुभयो?

माधव नेपालले भीम रावललाई के सझाव दिनुभयो?


काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेता भीम रावलसँग भेट गर्नुभएको छ ।

केही दिनअघि मात्र सांसद पदबाट राजीनामा दिनुभएका रावललाई भेट्न नेपाल आज अपरान्ह उहाँको निवास टोखा जानुभएको थियो ।

भेटमा नेपालले रावललाई राजीनामाका सम्बन्धमा अझै पनि पुनर्विचार गर्न मिल्ने सुझाव दिनुभयो । सांसद पदबाट राजीनामा दिएपछि नेपाल पक्षको बैठकमा पनि रावल अनुपस्थित हुन थाल्नुभएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको रूपमा विश्वासको मत लिने बेला साउन ३ गते रावलले सांसद पदबाटै राजीनामा दिनुभएको थियो ।