अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस सांसद सिंहले देउवालाई बुझाउनुभयो राजीनामा

कांग्रेस सांसद सिंहले देउवालाई बुझाउनुभयो राजीनामा


काठमाडौं– नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा पत्र बुझाउनुभएको छ ।

आज साँझ बालुवाटार पुगेर सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहले राजीनामा पत्र बुझाउनुभएको हो ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी सांसद सिंहले क्रियाशील सदस्यता वितरणमा धाँदली भएको र अरू पार्टीबाट कांग्रेस प्रवेश गर्नेलाई मनलाग्दी तवरले क्रियाशील सदस्यता दिइएको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

आफूले सभापति देउवालाई राजीनामा बुझाएको सिंहले बताउनुभयो ।