काठमाडौं– प्रधानमन्त्री छाडेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो सार्वजनिक कार्यक्रममा निस्किनुहुने भएको छ ।
अध्यक्ष ओली कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसका अवसरमा बिहीबार दिउँसो १ बजे तुलसीलाल स्मृति भवन च्यासलमा हुने कार्यक्रममा सहभागी हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
एमाले केन्द्रीय कमिटी बैठक तथा निजी निवासमा हुने पार्टी भेटघाटमा सक्रिय रहे पनि अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा पहिलोपटक देखिन लाग्नुभएको हो ।







प्रतिक्रिया