अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अपमान सहेर पार्टीमा बसिन्नँ : माधवकुमार नेपाल

अपमान सहेर पार्टीमा बसिन्नँ : माधवकुमार नेपाल


काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र अपमान सहेर नबस्ने बताउनुभएको छ ।

नेकपा संस्थापक पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा बिहीबार बिहान आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले दास कम्युनिस्ट हुन नसक्ने बताउनुभयो ।

अपमान र गलत कुरा सहेर पार्टीमा बस्न नसकिने बताउँदै नेता नेपालले आफूलाई जनैखटिराले दुःख दिएजस्तै पार्टीभित्र पनि विभिन्न घाउ खटिराले दुःख दिइरहेको बताउनुभयो ।