काठमाडौं– नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विरोधीलाई जिताएर आत्मसन्तुष्टि लिने कुरा गद्दारी भएको बताउनुभएको छ ।
आज सामाजिक सञ्जालमार्फत उहाँले पार्टीभित्रको अन्तरसंघर्षमा आफ्नै पार्टीलाई हराएर विरोधीलाई जिताउने कार्य कुनै पनि अर्थमा सही नहुने बताउनुभएको हो ।
पोखरेलले आफ्नो पार्टीको अन्तरविरोध अथवा किचलोको आडमा गोप्यरूपमा अर्कै पार्टीलाई सघाउने र आफ्नो पार्टीलाई हराउने काम गर्नु अथवा गराउनु गद्दारी भएको बताउनुभयो ।
‘अन्तरपार्टी संघर्षमा गुप्त रूपमा विरोधीलाई जिताएर आत्मसन्तुष्टि लिने कुरा अन्तर्घात हो भने खुलेआम त्यसो गर्नु र गराउनु गद्दारी हो,’ पोखरेलले लेख्नुभएको छ ।
प्रतिक्रिया