काठमाडौं– राष्ट्रिय सभाका सदस्य तथा नेकपा एमालेका नेता देवन्द्र दाहालले ‘सर्वोच्च अदालतले सेटिङबाटै इजलास गठन गरेको र सेटिङबाटै निर्णय’ गरेको टिप्पणी गर्नुभएको छ । आज राष्ट्रियसभाको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
राष्ट्रिय सभा सदस्य दाहालले सर्वोच्चको १६७ पेजको फैसलामा किन महत्वपूर्ण कुरा छुटाएको भनेर प्रश्न पनि गर्नुभयो । साथै, उहाँले सर्वोच्च दुई जना न्यायाधीशको बारेमा फैसला मौन रहेको समेत बताउनुभयो ।
‘इजलास गठन सन्दर्भमा फलानाफलाना न्यायाधीश इजलासमा बस्छन् भने हामी चाहिँ बस्दैनौं भन्ने दुई जना न्यायाधीशरूको बारेमा यो फैसला मौन छ । वा यसलाई त बिर्सनलायक परिघटना भनिएको छ,’ उहाँले भन्नुभयो ।
‘पछि हामीलाई थाहा भयो । ती गतिथ विवाद उठाइएका (विवादलाई कथित भनेको हुँ, न्यायाधीशलाई होइन) न्यायाधीशहरूले आफू संवैधानिक इजालसबाट हट्नुपर्ने कुनै कारण नभएको भनेर आफ्नो फैसला लेख्नुभयो । तर, पनि संवैधानिक इजलास पुनःगठन गरियो । र, उहाँहरूलाई हटाइयो । त्यति मात्र होइन एक प्रकारले निवदेकरूको माग वमोजिम नै न्यायाधीश राखेर इजलास बनायो,’ सांसद दाहालले अगाडि भन्नुभयो, ‘इजलास गठनको सन्दर्भमा पहिला कसले प्रश्न उठायो? र, फलानाफलना न्यायाधीश उक्त अदालतमा बस्नुहुन्छ भने हामी दुई जना बाहिरिन्छौँ भनेर कसले भन्यो? त्यसको प्रष्टिकरण खै? त्यत्रो १६७ पेजको फैसला लेख्दा त्यसबारे पनि त केही लेख्नुपर्थ्यो हेला नि? कम्तिमा आत्मसमीक्षा गरेको भए हुन्थ्यो कि? त्यस्तैले सेटिङबाट इजलास गठन र सेटिङबाट निर्णय भएको हो किन नभन्ने?
प्रतिक्रिया