अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधवसहित एमालेका २२ सांसदले स्पष्टीकरणको जवाफ दिने

माधवसहित एमालेका २२ सांसदले स्पष्टीकरणको जवाफ दिने


काठमाडौं– नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् ।

उनीहरूले आज संसदीय दलको कार्यालयमा पुगेर स्पष्टीकरणको जवाफ दिने भएका हुन् ।

गत सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टाभित्र स्पष्टीकरण माग्ने निर्णय गरेको थियो । सोहीअनुसार मत दिएका सांसदहरूलाई बुधबार स्पष्टीकरण पत्र पठाइएको थियो ।

स्पष्टीकरण माग गरिएको पत्रमा विश्वासको मतबारे केही उल्लेख छैन । पार्टी निर्णयविपरीत विपक्षी गठबन्धनमा सामेल भएको, पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेकोलगायतका वसषयमा स्पष्टीकरण माग गरिएको छ ।

स्पष्टीकरण मागिएका सांसदमा नेपालसहित जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी, गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, समिना हुसेन, प्रेम आले, कृष्णकुमार (किसान) श्रेष्ठ, बिना बुढाथोकी र हीरा केसी छन् ।