लण्डन– बेलायत सरकारले स्वास्थ्यकर्मीहरूको सेवा सुविधा वृद्धि गरेको छ । गत अप्रिलदेखि नै लागू हुनेगरी सरकारले सेवा सुविधामा वृद्धि गरेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
राज्यको स्वतन्त्र निकाय राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले स्वास्थ्यकर्मीहरूको तलवमा तीन प्रतिशत वृद्धि गर्न सिफारिस गरेपछि सरकारले वृद्धि गरिदिएको हो ।
‘स्वास्थ्यकर्मीहरूको भित्र नर्स, पारामेडिसिन, कन्सल्टेन्ट, डेन्टीस्टलगात पनि पर्ने छन्, उनीहरूले पनि तलब वृद्धिको सुविधा पाउने भएका छन,’ सरकारी निकायद्धारा जारी वक्तव्यमा लेखिएको छ ।
बेलायतमा स्वास्थ्य क्षेत्रको सेवा, सुविधा, गुणस्तर, मापदण्ड आदि निर्धारण गर्न स्वतन्त्र निकायको रुपमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को व्यवस्था गरिएको छ ।
कोरोना महामारी विरुद्धको लडाइमा अग्रपंक्तिमा रहेर काम गरेकाले उनीहरूको सेवासुविधा वृद्धि आवश्यक भएको एनएचएसले निश्कर्ष निकालेको हो ।
प्रतिक्रिया