काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै अब चुनौतीपूर्ण तेस्रो लहर सुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ ।
निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेको भन्दै मन्त्रालयले यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकेको उल्लेख गरेको छ ।
अहिले पनि १० जिल्लामा ५०० भन्दा बढी र २६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको भन्दै स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम अझै बढिरहेको बताएको छ । मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार खोप केन्द्रहरुमा हुने भिडले पनि संक्रमणको जोखिम बढाएको छ ।
मन्त्रालयको विज्ञप्ति :
प्रतिक्रिया