अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभामा न्याय परिषद् र न्यायसेवा आयोगको प्रतिवेदन पेश

राष्ट्रियसभामा न्याय परिषद् र न्यायसेवा आयोगको प्रतिवेदन पेश


काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा ‘न्याय परिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७’ पेश भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको हो ।

बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८’ खारेजसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही साउन ८ गते दिउँसो १ बजे बस्नेछ ।