काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ ।
आज सकिएको बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ । बैठकले पार्टी एकताका लागि आम माफी दिएर भए पनि धेरै व्यक्तिलाई समेट्न अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको छ ।
बैठकले पार्टी एकताको लागि अधिकतम प्रयास राख्ने भन्दै अनुशासन उल्लंघनका घटनालाई पनि माफी दिन सकिने निष्कर्ष निकालेको छ ।
‘कमसेकम नेतृत्वको तर्फबाट पार्टीलाई समेट्ने मामिलामा अधिकतम प्रयत्न गर्ने निष्कर्ष बैठकले निकालेको छ । अध्यक्षले पार्टी एकतालाई सुदृढ गर्ने गरी आउन चाहनेलाई विगतका गल्ती बिर्सेर पनि स्वागत गर्न सकिने बताउनुभएको छ । छलफल चलिरहेकाले यस बारेमा अरू निर्णय गरेका छैनौँ,’ बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले पत्रकारसँग भन्नुभयो ।





प्रतिक्रिया