अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुने सम्भावना

अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुने सम्भावना


काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने सम्भावना बढेको छ । दोस्रो तहका नेताहरूको पहलमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुने सम्भावना बढेको हो ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आज साँझ नै अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटावार्ता हुन सक्ने बताउनुभयो ।

‘दुई नेताबीच आज साँझ कुनै पनि बेला भेटवार्ता हुनसक्छ, हामीले कुरा गर्दा दुवै नेताले भेट्ने सहमति जनाउनुभएको छ,’ उहाँले भन्नुभयो ।

माधव नेपाल पक्षका एक स्थायी समिति सदस्यले पनि दुई नेताबीच भेटवार्ताको तयारी भइरहेको जानकारी दिनुभयो ।

नेकपा एमालेको आज सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी विवादमा माधव पक्षले गरेको गल्तीमा क्षमा दिन सकिने निर्णय गरेको थियो ।