अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वी नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

पूर्वी नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु


कावासोती- पूर्वी नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका ५ सर्दी चुकाहा स्थित बिनयी खोलामा सिँचाई गर्न बाँधिएको भैँसे सिंचाई बाँधमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँका १६ वर्षीय हिमाल लम्का मगरको मृत्यु भएको हो ।

बिहीबार दिउँसो २ बजेतिर बाँधमा पौडी खेल्ने क्रममा वेपत्ता भएका मगरको साँझ शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय र प्रहरीले खोजी गर्दा बाँध भन्दा ५ सय मिटर पूर्वतर्फ खोलामा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

छिमेकीको मलामी गएर फर्कंदै गर्दा गर्मी भएर पौडी खेल्ने क्रममा मगर बेपत्ता भएका थिए ।