अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनबाट आठ लाख मात्रा खोप प्राप्त

चीनबाट आठ लाख मात्रा खोप प्राप्त


काठमाडौं- छिमेकी मुलुक चीनबाट आज कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ आठ लाख मात्रा प्राप्त भएको छ ।

चीनसँग खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट आज खोप ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो । आज आएको खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखि देशभरि पठाइने उहाँले बताउनुभयो ।

उहाँले निगमको नियमित उडानमार्फत लगातार चार दिनसम्म खोप चीनबाट आउने जानकारी दिनुभयो । यही साउन १५ गतेसम्म ३२ लाख मात्रा खोप नेपाल आउने मन्त्रालयले जनाएको छ । अहिलेसम्म ७३ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ ।