अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले एकता प्रयास

अबका दुई-तीन दिन एमालेमा सहमतिका लागि निर्णायक

अबका दुई-तीन दिन एमालेमा सहमतिका लागि निर्णायक


काठमाडौं– नेकपा एमालेमा जारी विवाद समाधानका लागि अबका केही दिन निर्णायक हुने देखिएको छ । झण्डै छ महिना देखि अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच विवाद हुँदा पार्टीका गतिविधीहरु निष्क्रिय बन्दै गएका छन् ।

बिहीबार पुष्पलाल स्मृति दिवसका अवसरमा अध्यक्ष ओलीले पार्टीमा हालसम्म गरेका सबै गल्तीहरुलाई आम माफी दिने बताएपछि यस अघि गरिएका अनुशासनका कारबाहीहरु स्वतः निस्क्रिय भएका छन् । आम माफी दिने घोषणा अध्यक्ष ओलीको एक मनले चिताएर मात्र नभएको नेताहरुले जनाएका छन् । दोस्रो तहका नेताहरुको सुझाव अनुसार नै अध्यक्ष ओलीले त्यस्तो घोषणा गर्नुभएको हो ।

बिहीबार बिहान उपाधध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले करिब दुई घण्टा अध्यक्ष ओलीसँग भेटघाट गर्नुभएको थियो । ‘त्यो भेटघाटमा हामीले पार्टी भित्रको सबै अवस्था अर्को पक्षको मनस्थिति र सत्ता गठबन्धनको रणनीतिका आदिका बारेमा अध्यक्षलाई सविस्तार सुनायौं,’ नेम्वाङले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘त्यसपछि पार्टी विरोधी गतिविधि गरेकाहरुको अहिलेसम्मको माफखत गरिदिने निष्कर्षमा अध्यक्ष पुग्नुभएको हो ।’

सबै नेताहरुको जोड अहिले अध्यक्ष ओली र नेता नेपालबीच संवाद गराएर विवादको निरुपण गर्नेमा छ । यसमा अध्यक्ष ओलीले जहिले र जहाँ भए पनि नेपालसँग भेटेर संवाद गर्न आफू तयार रहेको सार्वजनिक गरिरहनु भएको छ । ‘तर नेपालले अध्यक्षको भेटघाटको प्रस्तावलाई कमजोरीको रुपमा लिनु भएको जस्तो देखिन्छ,’ एक नेता भन्नुहुन्छ ‘यसबाट के देखिन्छ भने माधवजी अनेक बहाना देखाएर एमाले भन्दा बाहिर जाने सुरसार मै हुनुहुन्छ ।’

तर माधव पक्षका नेताहरुले जसरी पनि उहाँलाई एमालेमा ल्याउने प्रतिवद्धता गर्नुभएको छ । भीम रावलको नेतृत्वको टोलीले नेपाललाई अध्यक्ष ओलीसँग आज भेटघाटका लागि मनाउने जिम्मा लिएका छन् । ‘दुई नेताबीच भेटघाट भएर सहमति कायम भए ठिकै छ नत्र माधवजीलाई छोडेर उहाँहरु पार्टी काममा फर्कनुहुन्छ,’ नेम्वाङले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘यो अवस्था अब धेरै दिन रहँदैन । अबका दुई तीन दिन भित्र को पार्टी जिम्मेवारीमा फर्किने को नफर्किने स्पष्ट भइसक्छ ।’