अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनको मिति सार्नेबारे छलफल हुने

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनको मिति सार्नेबारे छलफल हुने


 

काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ।

बैठक आज बिहान ९ बजे प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने तय भएको छ।

यसअघि देउवा प्रधानमन्त्री भएपछि पहिलो पदाधिकारी बैठक बालुवाटारमा राखिएको थियो। प्रधानमन्त्री निवासमा पार्टीको बैठक राखेपछि तीव्र विरोध भएकाले कांग्रेसले बालुवाटारमा बैठक नराख्ने निष्कर्ष निकालेको हो।

आजको बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाइएको छ। पार्टीको आसन्न महाधिवेशनलाई बैठकको मुख्य मुद्दा बनाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।