अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार सञ्चालनमा सहजीकरण गर्न कार्यदल, माधव नेपाल समूहलाई समेटिएन

सरकार सञ्चालनमा सहजीकरण गर्न कार्यदल, माधव नेपाल समूहलाई समेटिएन


काठमाडौं– सरकार सञ्चालनमा सहजीकरण गर्न सत्तारुढ गठबन्धनले ६ सदस्यीय कार्यदल गठन गरेको छ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल बनाइएको हो । कार्यदलमा कांग्रेसबाट खड्कासहित मिनेन्द्र रिजाल, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टी (जसपा) बाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ सदस्य रहनुभएको छ ।

सरकारलाई समर्थन गरेको एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र राष्ट्रिय जनमोर्चालाई कार्यदलमा सहभागी गराइएको छैन।