काठमाडौं– एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिनुभएको छ ।
संसद सचिवालय सिंहदरवारमा शुक्रबार सभामुख अग्नि सापकोटालाई भेटेर रावलले राजीनामा फिर्ता लिनुभएको हो ।
३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा विवाद भएपछि रावलले राजीनामा दिनुभएको थियो ।
रावललाई एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालले राजीनामा फिर्ता लिन आग्रह गर्नुभएको थियो ।







प्रतिक्रिया