अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हामी प्रत्येक मन्त्रालयको अनुगमन गर्छौं : नेम्वाङ

हामी प्रत्येक मन्त्रालयको अनुगमन गर्छौं : नेम्वाङ


काठमाडौं -नेकपा एमालेका संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङले काँग्रेसका अरु पदाधिकारीसँगै एमालेले छुट्टै गठबन्धन नबनाउने बताउनुभएको छ ।
आजको संसद बैठकलाई सम्बोधन गर्दै नेम्वाङले सो कुरा बताउनुभएको हो । ‘हामी नेपाली काँग्रेससँग सम्बन्ध बिस्तार गर्छौं’ नेम्वाङले भन्नुभयो ‘तर हामी तपाईंको पार्टीका अरु नेतासँग अलग्गै गठबन्धन बनाउदैनौ । त्यो लोकतान्त्रिक पद्धती होइन ।’
काँग्रेसले एमालेको एउटा समुहसँग गठबन्धन बनाएर लोकतन्त्रको उपहास गरेको नेम्वाङले बताउनुभयो । ‘पहिला पहिला काँग्रेसका साथीहरु लोकतान्त्रिक मूल्य मान्यता मान्दैनन् भन्नुहुन्थ्यो’ नेम्वाङले भन्नुभयो ‘यसपाली त नेपाली काँग्रेसले के ग¥यो सबैलाई थाहै छ ।’
नेम्वाङले प्रतिपक्षीले रचनात्मक सहयोग गर्ने र हरेक मन्त्रालयलको अनुगमन गर्ने पनि बताउनुभयो ।