काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई भेट्नका लागि प्रधानमन्त्री देउवा सवा ६ बजे शीतलनिवास पुग्नुभएको हो । प्रधानमन्त्री र राष्ट्रपतिबीच झण्डै एकघण्टा छलफल भएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार उहाँहरु बीच नियमित भेटघाट भएको हो । राष्ट्रपति भण्डारीलाई भेट्न आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि शितल निवास पुग्नु भएको थियो ।
प्रतिक्रिया