अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामाजिक सद्धभाव खल्बल्याउने अभिव्यक्ति दिने भट्टराईलाई कानुनी दायरामा ल्याउन माग

सामाजिक सद्धभाव खल्बल्याउने अभिव्यक्ति दिने भट्टराईलाई कानुनी दायरामा ल्याउन माग


काठमाडौ -विश्वहिन्दु महासंघले संघीय समाजवादीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सामाजिक सद्ध्भाव भड्काउने अभिव्यक्ति दिएकोले कानुनी दायरामा ल्याउन माग गरेको छ ।
महासंघकी महासचिव अस्मिता भण्डारीले आज एक विज्ञप्ती जारी गर्दै भट्टराईले हिन्दु धर्मावलम्बीको आस्था माथी आघात पुग्ने अभिव्यक्ति सामाजिक सञ्जालमा व्यक्त गर्नुले उहाँको नियत प्रष्ट भएको उल्लेख गर्नुभएको छ ।
‘संसारभरी कै हिन्दु ॐकार परिवारको भावना अनादर गर्दै भारत उत्तर प्रदेशका मा. मुख्यमन्त्री गोरक्षपिठाश्वर महन्त योगी आदित्यनाथजीले गंगाजीमा दूधधारा अर्पण गर्दै गरेको तस्बिरलाई माध्यम बनाएर’ भण्डारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘ हाम्रो पूर्वीय दर्शन , सभ्यता र हिन्दु धर्म , संस्कृतिका रुपमा गरिने प्रकृति पूजन माथि अत्यन्तै अमर्यादित र अशिष्ट शब्दहरु प्रयोग गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
अमुक पार्टीको नेता र देशको प्रधानमन्त्री भइसकेको व्यक्तिबाट आएको यस प्रकारको धार्मिक विभेदी भनाइबाट महासंघको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ । भट्टराईलाई कानुनी दायरमा ल्याएर देशको धार्मिक सहिष्णुता जोगाउन महासंघले सबैलाई आग्रह गरेको छ ।