अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले एकता अन्तिम चरणमा

एमाले एकता अन्तिम चरणमा


काठमाडौं- एमालेका दोस्रो तहका नेताहरुले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको दाबी गरेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्ष आरोप–प्रत्यारोपमा उत्रिए पनि विघटित कार्यदलका सदस्यहरु बीचको निरन्तर छलफलबाट एकता अन्तिम चरणमा पुगेको बताएका छन् ।

ओली र नेपालबीच भेटवार्ता गराएर एकतालाई चाँडै सार्वजनिक गर्ने तयार भइरहेको विघटित कार्यदलका सदस्यहरुको भनाइ छ ।

‘एकताको काम अन्तिम चरणमा पुर्‍याएका छौं,’ कार्यदलका एक सदस्यले भने,‘ एकताको अस्त्र के हो भन्ने अहिले नै सार्वजनिक नगर्ने भन्ने छ । आजभोलि नजिता आउँछ।’