अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चल्ने

आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चल्ने


काठमाडौं- आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् ।

नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार यातायात सञ्चालन गर्ने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर यात्राको लागि सहजीकरण गर्न यातायात चल्न दिने निर्णय हो ।

यातायात व्यवसायीले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र गाडी चलाउन समेत कार्यालयले अनुरोध गरेको छ । साथै यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा टिकट काउण्टरबाट टिकट लिएर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ ।

गृहमन्त्रालयले लामो दूरीका यातायात सञ्चालनमा सहजीकरण गर्न सबै जिल्लामा परिपत्र गरी सकेको छ ।