अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीका ४९ जना सांसदलाई नै मन्त्री चाहिएपछि प्रचण्ड तनावमा

माओवादीका ४९ जना सांसदलाई नै मन्त्री चाहिएपछि प्रचण्ड तनावमा


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) मन्त्री आतंकले तीन चार दिन आफू ठूलो तनावमा परेको बताउनुभएको छ ।

आज नरबहादुर कर्मचार्यको स्मृतिमा पेरिसडाँडाँमा आयोजित कार्यक्रममा दाहालले आफूले पाउनेभन्दा सात दोब्बर बढी सांसदले मन्त्रीको माग गरेकोले आफू नै आतंकित भएको बताउनुएको हो ।

पेरिसडाँडाँ आउँदा पनि मन्त्री माग्नेको ठूलो भीड छलेर आएको उहाँले बताउनुभयो । आफ्नो पार्टीका ४९ जनै सांसदलाई मन्त्री चाहिएकोमा उहाँले आक्रोश पोख्नुभयो । ‘हाम्रा ४९ जना सांसद सबैलाई मन्त्री चाहिएको छ । हामीले पाउने बढी पाइयो भने सात जना हो,’ प्रचण्डले भन्नुभयो, ‘मन्त्री नभयो भने चाहिँ नेतृत्वलाई सरापेर हिँड्नु । हाम्रो कल्चर भइसक्यो ।’

आफू कसरी मन्त्री आतंकबाट पीडित छु भन्ने कुरा दाहालले यसरी सुनाउनुभयो, ‘मन्त्री बन्न दबाद दिने मान्छेको हुल भित्रबाट आएको छु म । आतंक छ मेरो दिमागमा । कसलाई मन्त्री बनाउने कसलाई नबनाउने? हाम्रा ४९ जना सांसद सबैलाई मन्त्री चाहिएको छ । हामीले पाउने बढी पाइयो भने सात जना हो । मन्त्री नभयो भने चाहिँ नेतृत्वलाई सरापेर हिँड्नु । मन्त्री पायो भने मात्रै जबरजस्त छ के अहिले । यहाँ कसैले नियुक्ति पायो भने ठीक छ पाएन भने चाहिँ नेतृत्व बद्मासै हो भन्न बेरै नलगाउने । चार दिनदेखि म चाहिँ साँच्चै मानसिक तनावमा छु । सबै ४९ जनालाई नै बनाइदिन त मन लागेको छ नि । त्यो त हुँदैन फेरि । यसबाट के देखिन्छ भने कुरा गर्दा आदर्शका गर्ने ठूलाठूला । यस्तो हुनुपर्छ क्रान्तिकारी पार्टी, यस्तो हुनुपर्छ निष्ठा र आदर्श हामी सबैले भन्ने । तर, चित्त चाहिँ के छ भने मन्त्री पाइन्छ कि पाइदैन । पाइन्छ भने ठीक पाइदैन भने ठीक छैन । यस्तो छ क्या अहिलेको कल्चर भनेको ।’