काठमाडौं– नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ ।
आज बिहान नेपाललाई भेट्न प्रचण्ड उहाँको निवास कोटेश्वर जानुभएको थियो । भेटमा प्रचण्डले करिब एक घण्टा कुराकानी गर्नुभएको थियो ।
एमालेका दोस्रो तहका नेताबीच एकताको प्रयास भइरहेका सरकारमा सहभागिताबारे प्रचण्डले नेपालसँग छलफल गर्नुभएको हो ।
प्रचण्डले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गर्नुभएको थियो ।







प्रतिक्रिया