अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा अब खोप लगाउन अनलाइन दर्ता अनिवार्य

काठमाडौंमा अब खोप लगाउन अनलाइन दर्ता अनिवार्य


काठमाडौं– काठमाडौंमा अब अनलाइनमा नाम दर्ता गराएकाहरूले मात्र कोरोना खोप लगाउन पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार यस्तो व्यवस्था गरिएको काठमाडौं स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रालयले साउन १ गते पत्र पठाएर उक्त निर्देशन दिइएको हो ।

‘खोपका लागि अनलाइन दर्ता नम्बर भएकोलाई मात्रै अब खोप लगाउनु भन्ने पत्र आएको छ‚ अब त्यहीअनुसार खोप लगाउँछौँ,’ उहाँले भन्नुभयो ।

सरकारले काठमाडौंमा १८ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप लगाउने बताएको छ । खोपका लागि स्वास्थ्य मन्त्रालयको तयार गरेको वेबसाइटमा गएर फर्म भर्न सकिने स्वास्थ्य कार्यालयका प्रमुख खड्काले बताउनुभयो ।