काठमाडौं– जसपाको उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति बैठक सुरु भएको छ ।
बालकुमारीमा सुरु भएको बैठकमा समसामयिक राजनीतिक सम्बन्धमा, संसदीय दलको विधान अनुमोदन सम्बन्धमा, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन सम्बन्धमा, प्रशिक्षण अभिमुखिकरण सम्बन्धमा, अदालत र निर्वाचन आयोगमा मुद्दाबारे अख्तियारी दिने सम्बन्ध लगायतमा छलफल भइरहेको कार्यकारी सदस्य इस्तियाक राईले जानकारी दिनुभयो ।
पार्टीमा उपेन्द्र यादव पक्ष र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षबीच आधिकारिकताको विषयलाई लिएर विवाद कायमै छ ।
यही विवाद सल्टाउन आधिकारिकता विवादमा सनाखतका लागि निर्वाचन आयोगले कार्यकारी सदस्यहरूलाई नै उपस्थित हुन बोलाएको छ ।
आयोगले साउन ११ गते ११ बजे नागरिकतासहित कार्यकारी सदस्यहरुलाई उपस्थित हुन भनेको छ ।







प्रतिक्रिया