अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शक्ति सुदृढ गरेर प्रतिक्रियावादीलाई परास्त गर्न सक्छौं : प्रचण्ड

शक्ति सुदृढ गरेर प्रतिक्रियावादीलाई परास्त गर्न सक्छौं : प्रचण्ड


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो शक्ति सुदृढ गरेर नै प्रतिक्रियावादीहरूलाई परास्त गर्न सकिने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडा, कोटेश्वरमा आयोजित स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

‘पार्टीलाई बलियो बनाउनतर्फ लाग्नुपर्छ । पार्टीलाई फेरि एकचोटी जनतातिर फर्काउने, आफ्नो संगठनलाई सदृढ गर्ने हिजोका गल्ती कमजोरीको पश्चाताप गर्दै फेरि जनता र राष्ट्रको पक्षमा समर्पित गर्ने आवश्यकता छ । यो सजिलो छैन तर असम्भव पनि छैन,’ उहाँले भन्नुभयो ।

प्रचण्डले राजनीतिक पहलकदमी आएको बताउँदै अब आफ्नो शक्ति सुदृढ गरेर मात्रै आन्दोलन विरोधीतत्वहरूलाई सदाको लागि परास्त गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले पनि त्यो तत्व पूरै परास्त भयो भन्नु हुँदैन ।’