अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युथ फोर्सले भ्रष्टाचारविरुद्ध अभियान चलाउनुपर्छ : ईश्वर पोखरेल

युथ फोर्सले भ्रष्टाचारविरुद्ध अभियान चलाउनुपर्छ : ईश्वर पोखरेल


काठमाडौं– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले हालै ब्युँताइएको युथ फोर्सलाई परिवर्तित परिस्थितिअनुसार काम गर्न निर्देशन दिनुभएको छ ।

आज राजधानीमा आयोजित युथफोर्स भ्याली कमाण्डर घोषण कार्यक्रमलाई सम्बोधन गर्दै पाखरेलले यस्तो निर्देशन दिनुभएको हो ।

‘परिवर्तित सन्दर्भमा जनतासँग जोडिने, जनताले नचाहेको काम नगर्ने, जनतालाई उत्पादनसँग जोड्ने, स्वरोजगारसँग अभियान चलाउने काम तपाईंहरूले गनुपर्छ, भ्रष्टाचार विरुद्ध अभियान चलाउनुपर्छ,’ उहाँले भन्नुभयो ।

पोखरेलले युथफोर्स आतंकको स्रोत नभइ आतंक सिर्जना गर्नेलाई तह लगाउने संगठन भएकोसमेत बताउनुभयो । ‘युथफोर्स आतंकको स्रोत होइन, कोही आतंक सिर्जना गर्न चाहन्छन् भने त्यसलाई ठेगान लगाउने संगठन हो,’ उहाँले भन्नुभयो, ‘हामी कानुनी शासनलाई मान्छौं । कानुन हातमा लिँदैनौं ।’