अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बादलसँग विप्लवको भेट, समसामयिक विषयमा छलफल

बादलसँग विप्लवको भेट, समसामयिक विषयमा छलफल


काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामबहादुर थापा (बादल)सँग भेट गर्नुभएको छ ।

विप्लव, पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) र सन्तोष बुढाले बादलसँग भेट गर्नुभएको हो । भेटमा समसामयिक विषयमा छलफल भएको बादलले जानकारी दिनुभएको छ ।

आजै मात्र विप्लवले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गर्नुभएको थियो ।

स्रोतका अनुसार ठाकुरसँगको भेटमा समसामयिक राजनीतिक विषय र आफ्नो पार्टीले सरकारसँग गरेको सम्झौताको विषयमा छलफल भएको छ ।

नयाँ सरकार बनेलगत्तै विप्लवले राजनीतिक भेटघाटलाई तिव्रता दिनुभएको छ । उहाँले ठूला पार्टीका शीर्ष नेताहरूलाई यसअघि नै भेटिसक्नुभएको छ ।