अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कम्युनिष्ट आन्दोलनका गद्दारलाई चिनिराखौं, इतिहासले कुनै दिन समीक्षा गर्नेछ : निरु पाल

कम्युनिष्ट आन्दोलनका गद्दारलाई चिनिराखौं, इतिहासले कुनै दिन समीक्षा गर्नेछ : निरु पाल


काठमाडौं– नेकपा एमालेकी सांसद निरु पालले आफ्नै सरकार ढाल्ने कम्युनिष्ट आन्दोलका गद्दारहरूलाई बिर्सन नहुने बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित युथफोर्स भ्याली कमाण्डर घोषण कार्यक्रमलाई सम्बोधन उहाँले आफ्नै सरकार ढाल्ने कम्युनिष्ट आन्दोलका गद्दारहरूबारे इतिहासले समीक्षा गर्ने बताउनुएभेको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकार ढलाउने हिम्मत कसैको नभएका बेला पार्टीभित्रका गद्दारहरूले धोका दिएका उहाँको भनाइृे थियो ।

‘हाम्रो पार्टीलाई सरकारबाट विस्थापित गर्ने कुनै माइकालालको दम थिएन, तर हामीलाई हाम्रै भित्रबाट षडयन्त्र भयो, हामीलाई सरकारबाट सडकमा ल्याउने काम गरिएको छ, खबरदार । यो कम्युनिष्ट आन्दोलनका गद्दारलाई चिनिराखौं, इतिहासले कुनै दिन समीक्षा गर्नेछ, इतिहासले समीक्षा गरेको बेलामा हाम्रा छोरानातीले भन्ने छन् ( आफ्नो सरकार ढलाउने मान्छे यिनै हुन् भनेर,’ सांसद पालले भन्नुभयो ।

उहाँले राम्रा मात्र नभएर ए‍ेतिहासिक काम गर्ने केपी ओली नेतृत्वको सरकार ढाल्नेहरूलाई प्रश्नसमेत गर्नुभयो । ‘केपी शर्मा ओली सरकारको गल्ती के थियो? लिम्पियाधुरा लिपुलेक, कालापानीसहितको चुच्चे नक्सा जारी गर्नु केपी ओलीको अपराध थियो? केपी ओलीले सबैलाई सदनमा सर्वसम्मत गराएर संविधान संशोधन गर्नुभएको थियो, अब नक्सा मात्रै होइन भूमि फिर्ता लिएर छाड्छौं भनेर सशस्त्रको क्याप राख्नुभएको थियो, यो कुरा जनताले बुझ्नेछन्,’ उहाँले भन्नुभयो ।