झापा– फेरि कोरोना संक्रमण बढेपछि झापाका स्थानीय तहले आफ्नो क्षेत्र सिल गर्न थालेका छन् । संक्रमण फैलिन नदिन भन्दै स्थायी तहले बढी संक्रमित भएको क्षेत्रहरू सिल गर्न थालेका हुन् ।
कनकाई नगरपालिकाले साउन १६ गतेसम्मलाई सिल गरेको छ । एक सूचना जारी गर्दै नगरपालिकाले ९ गते राति १० बजेदेखि १६ गतेसम्मका लागि सिल गरेको हो । नगरपालिकाले सबै व्यवसाय, बैंक तथा वित्तीय संस्था बन्द गर्न आग्रह गरेको छन् ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद मिश्रका अनुसार नगरपालिका तथा वडा कार्यालयबाट अत्यावश्यक सेवाबाहेक सबै स्थगन गरिएको हो ।
अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बजार पनि एक साताका लागि बन्द गरिएको छ ।
साउन ८ गते राति १२ बजेदेखि १५ गतेसम्मका लागि बन्द गरिएको वडाध्यक्ष गोपीचन्द्र गौतमले जानकारी दिनुभयो ।
यसअघि नै बुद्धशान्ति गाउँपालिकाले आफ्नो क्षेत्र सिल गरिसकेको छ ।
नगरको स्वास्थ्य साखाका अनुसार जिल्लाको शिवसताक्षी नगरपालिका पनि कोराना संक्रमण दर उच्च रहेको छ।







प्रतिक्रिया