डडेल्धुरा– पहिरोका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग १० घण्टापछि खुलेको छ । डडेल्धुराको आलीताल गाउँपालिका–१ को कटानस्थित आज बिहानदेखि अवरुद्ध राजमार्ग डोजरले पहिरो पन्छाएर साँझ ५ बजे एकतर्फी रूपमा खुलाइएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुुख प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्र नेपालले पहिरोका कारण अवरुद्ध राजमार्ग तत्काल एकतर्फी रुपमा खुलाएर रोकिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको जानकारी दिनुभयो । तर, अहिले पनि डोजरले पहिरो पन्छाइरहेकाले राजमार्ग दुुईतर्फी रूपमा सञ्चालनमा आउन अझै समय लाग्ने नेपालले बताउनुभयो ।





प्रतिक्रिया