काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जनता समाजवादी पार्टी जसपाका केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सत्ता गठबन्धन दीगो बनाउने, मन्त्रिपरिषद् विस्तार तयारी, समसामयिक राजनीतिबारे छलफल भएको हो ।
देउवा प्रधानमन्त्री भएपछि माधव नेपाल पहिलोपटक आज गठबन्धन बैठकमा सहभागी हुनु भएको हो ।
प्रतिक्रिया