काठमाडौं -नेकपा एमालेका उपाधक्ष्य भीम रावलले आफू ढलेको नभइ एमाले ढाल्ने षडयन्त्र विरुद्ध उभिएको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिजो एक कार्यक्रममा गठबन्धनमा रावलप्रति लक्षित गर्दै ‘ राम्रोसँग उभिएका साथी नपत्याउदो ढंगले ढलेको’ आरोप लगाउनुभएको थियो ।
रावलले गए राती एक विज्ञप्ती जारी गर्दै देउवालाई प्रधानमन्त्री बनाउने कुरा सम्म आफ्नो समर्थन रहेको तर त्यसपछिका गतिविधीमा आफूलाई गठबनधनबाटै छेकबार भएको उल्लेख गर्नुभएको छ । ‘एमसीसी,लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका बिषयमा प्रम देउवासँग कुरा गर्न नदिइ राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधी र गठबन्धन संस्कृति हो ?’ रावलले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
रावलले दाहाललाई सोध्नु भएको छ ‘हामीले संसद पद मात्र होइन राजनीतिक भविष्य नै दाउमा राखेर प्रतनिधिसभाको पुनस्थापना र देउवाजीलाई प्रधानमन्त्री बनाउन योगदान पु¥यायौं ।हाम्रो स्थितीमा भएको भए प्रचण्डजी हाम्रो जस्तै त्याग गर्न सक्नुहुन्थ्यो ?’
प्रतिक्रिया