अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालको मन गठबन्धनतिरै

माधव नेपालको मन गठबन्धनतिरै


काठमाडौं -केही दिन देखि सत्ता गठबन्धनका बैठकमा गयल भएका माधव नेपालले हिजो एक्कासी बालुवाटारमा हाजिरी जनाउनुभयो । एमालेको आन्तरिक एकताले आकार लिदै गर्दा नेपाल बालुवाटारका सोफामा गठबन्धन बैठकमा सहभागी भएको तस्विर देखेपछि एमालेजनहरुले नेपाल अब एमालेमा नरहने आंकलन गरेका छन् ।
नेपाल निवासमा प्रचण्डको बाक्लो आवागमन र बालुवाटारको बैठकको सहभागिताले एमालेको १० बुँदे सहमति निस्क्रिय भइसकेको देखिन्छ । एमालेको १० औं केन्द्रीय कमिटीले उक्त सहमतिलाई पार्टीको आन्तरिक एकताको सुत्र भन्दै स्विकार गरेको छ । तर नेपालले त्यसलाई अस्विकार गरेपछि कार्यदलसँगै १० बुँदे पनि निष्क्रिय भएको छ ।
एमालेको दुवै पक्षको दोस्रो पुस्ता एकताको रटानबाट अब मुक्त हुनुपर्ने निष्कर्षमा छ । तर बिघठित कार्यदलका नाममा यो अभियान जारी नै छ । ‘एकता होला कि भन्ने आशामा देशभरका पार्टी संगठन र कार्यकर्ता निष्क्रिय बसेका छन् ’ एमालेका दोस्रो पुस्ताका एक नेता भन्नुहुन्छ ‘पार्टीमा बढेको क्रोनिक विवादले एमालेको उर्जा दैनिक खस्किरहेको छ । ’
नेताहरुले विगत तीन दिन देखि आज भोली नै एमालेमा ‘ब्रेक थ्रु’ हुने दाबी गरेका छन् । त्यो तेस्रो दिन आज समाप्त हुदैछ । आम एमालेजनले भित्रभित्र केही तयारी हुदैछ कि भनेर आश गर्नु बाहेक देखिने नातिजा केही बाहिरिएको छैन । संस्थापन पक्षबाट एकताका लागि प्रयास गरेका नेताहरुका अनुसार अब एमालेमा माधव नेपाल बाहेकको एकता मात्र सम्भव देखिन्छ । तर नेपाल पक्षका नेताहरु नेपाललाई जसरी पनि पार्टीमा फर्काउने अडानमा छन् । ‘माधव नेपालको जाने ठाउँ काँही छैन । उहाँ एमालेमै रहने हो । त्यसैले हामी ल्याउछौं भन्नुहुन्छ साथीहरु’ संस्थापन पक्षका एक नेताको भनाइ छ ‘लामो समय दोधारमा बसेर पार्टीलाई थप ‘क्रोनिक’ नबनाउँ । तपाईंहरु मात्र भए पनि फर्किनुहोस भनेका छौं ।’
माधव नेपालको मन एमालेमा भन्दा सत्ता गठबन्धन मै देखिएपछि भीम रावलको नेतृत्वमा नेपाललाई छोडेर ठूलो समुह एमालेको मुलधारमा फर्किने नेताहरुको विस्वास छ ।