अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्यदललाई खुट्टा टेकाउन एमालेमा जन्मियो तेस्रो पुस्ता

कार्यदललाई खुट्टा टेकाउन एमालेमा जन्मियो तेस्रो पुस्ता


काठमाडौं– नेकपा एमालेको आन्तरिक एकता कायम गर्न सक्रिय १० सदस्यीय कार्यदललाई बल प्रदान गर्न तेस्रो पुस्ता जन्मिएको छ ।

एमालेको दुवै समूहमा रहेका सांसदहरुको एकता अभियान भित्रभित्रै सक्रिय भएको छ । अभियानले १० सदस्यीय कार्यदलका नेताहरुसँग आज एमालेका सांसदहरुले छलफल गर्ने भएका छन् ।

एमाले विभाजन हुन नदिन र पार्टीमा सुदृढ एकता कायम गर्न गठित सांसदहरुको अनौपचारिक अभियानले कार्यदललाई सहमतिमा पुग्न दबाब दिने भएका छन् । सांसद तथा एमाले पर्वतका अध्यक्ष पदम गिरीले १० बुँदे सहमति मान्दिन भन्ने नेताहरुलाई कार्यदलले क्रस गर्न सक्छ कि सक्दैन भनेर आफूहरु प्रष्ट हुन चाहेको बताउनुभयो ।

अभियानमा सक्रिय एक सांसदले कार्यदलका नेताहरु नै अन्तिममा केपी शर्मा ओली र माधवकुमार नेपाल समूहमा फर्किएकाले समस्या बताएको बताए । अभियानको नेतृत्व संस्थापनबाट कृष्णप्रसाद दाहाल र नेपाल पक्षबाट यज्ञराज सुनुवारले गर्नुभएको छ ।

एक सांसदका अनुसार ओली र नेपाल व्यक्तिगत इगोमा अल्झिएकाले तेस्रो व्यक्ति अगाडि सार्नुपर्ने अवस्था आएको बताएका छन् । त्यही विकल्पबारे पनि आज छलफल हुनेछ ।

अभियानमा कृष्णप्रसाद दाहाल, सूर्य पाठक, पदम गिरी, शान्ति पाख्रिन, यज्ञ बोगटी तथा माधव नेपाल पक्षका यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, दीपकप्रकाश भट्ट लगायका सांसद छन् ।

विघटित कार्यदलमा माधव नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् भने संस्थापन पक्षबाट सुवास नेम्वाङ, बिष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।