काठमाडौं- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गर्नुभएको छ ।
प्रशिक्षक अब्दुल्लाहले अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङको कारणले राजीनामा दिन लागेको फेसबुकमा लेख्नुभएको छ ।
‘प्रिय नेपाली समर्थकहरू‘ म वरिष्ठ उपाध्यक्षले पछिल्लो तीन हप्तादेखि गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु’ उहाँले उपाध्यक्षलाई ट्याग गर्दै लेख्नुभएको छ, ‘अब तपाईँ खुसी हुनु भयो होला नि पंकजविक्रम नेम्वाङ ?
प्रतिक्रिया