अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘देउवा सरकारसँग जनताको हितमा काम गर्ने एजेण्डा नै छैन’

‘देउवा सरकारसँग जनताको हितमा काम गर्ने एजेण्डा नै छैन’


काठमाडौं– नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारसँग देश र जनताको हितमा काम गर्ने एजेण्डा नै नभएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल गुल्मीले आज सदरमुकाम तम्घासमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्रीसमेत रहनुभएका ज्ञवालीले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरे पनि आफूहरूको असहमति रहेको समेत बताउनुभयो ।

जनादेशबाट गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारलाई सर्वोच्चको परमादेशबाट हटाई शेरबहादुर देउवा नेतृत्वको सरकार गठन गर्ने फैसला गैरराजनीतिक भएको उहाँको टिप्पणी छ ।

अदालतको फैसलाले राज्यका आधारभूत संरचनाहरूलाई पनि खलबल्ल्याएको उहाँले बताउनुभयो ।

त्यस्तै, नेता ज्ञवालीले पार्टीलाई एक ढिक्का बनाउनका लागि माधव नेपाल पक्षले हालसम्म गरेका गल्तीहरूलाई माफ दिइएको बताउनुभयो ।