काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र सांसद नारदमुनि रानाबीच संसदीय समितिको बैठकमै चर्काचर्की भएको छ। आज सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उहाँहबीच चर्कार्की भएको हो ।
बैठकमा सांसद रानाले अहिलेको संसदलाई जनताले नभइ सर्वोच्चले ल्याइदिएको तर्क गर्नुभयो ।
‘प्रतिनिधिसभा विघटनपछि पुनःस्थापना भएको छ । यो संसदलाई जनताले ल्याएको होइन, सर्वोच्चले फर्काइदिएको हो । अहिलेको सरकार पनि सर्वोच्चले बनाइदिएको हो,’ उहाँले भन्नुभयो, ‘सरकार र संसद दुवै सर्वोच्चले बनाइदिएको कुरामा कुनै दुई मत छैन, दुवैलाई जनताले ल्याएका होइनन् ।’
सांसद रानाले बोलिसकेपछि नेता नेपाल पनि आक्रोशित हुनुभयो । ‘जनादेश प्राप्त संसद दुई दुई पटक विघटन गर्ने अनि अहिले यहाँ यस्ता कुरा ? प्रतिगमनमा मतियारहरू बाहिर जानुस्,’ नेता नेपालले नारदमुनितिर लक्षित गर्दै भन्नुभयो ।
प्रतिक्रिया