अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमकमा फेरि संक्रमण बढ्यो, भोलिदेखि एक साता निषेधाज्ञा

दमकमा फेरि संक्रमण बढ्यो, भोलिदेखि एक साता निषेधाज्ञा


झापा– कोरोना संक्रमण बढेपछि झापाको दमक नगरपालिकाले एक साता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि साउन साउन ११ गते विहान ४ बजेदेखि साउन १७ गते मध्‍यराति १२ बजेसम्‍म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

आज एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले भनेको छ, ‘दमक नगरपालिका क्षेत्रभित्र कोरोना भाइरस संक्रमण फैलदो क्रममा रहेको हुँदा मिति२०७८ साउन११ गते बिहान ४ बजेदेखि २०७८ साउन १७ गते मध्‍य राति १२ बजेसम्‍म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा लागू गरिएको सम्‍बन्धित सबैमा हार्दिक अनुरोध छ । ‘

साथै, नगरपालिकाले अनुमति नलिइ अत्यावश्‍यक कामबाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ भने व्‍यापार, व्यावसाय, उद्योग कलकारखाना, शिक्षण संस्था, सम्पूर्ण वित्तीय संस्था र सबै प्रकारका सावारी साधन पूर्णरूपले बन्‍द गर्नसमेत आग्रह गरेको छ ।

नगरपालिकाको विज्ञप्ति :