काठमाडौं– काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा थपिएको छ ।
आज उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सोमबारदेखि १० दिनसम्मको लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
निषेधाज्ञा थपिए पनि सबै आदेशहरू साबिकको आदेशबमोजिम नै रहेका छन् ।
साउन १ गतेबाट जारी निषेधाज्ञा आइतबार सकिँदैछ । भोलि देखि जारी हुने थप १० दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब लगायत मानिसहरू भिडभाड हुने कार्यक्रमहरू सञ्चालन गराउन पाइने छैन ।
खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न नपाइने प्रशासनले जनाएको छ । शैक्षिक संस्थाहरू पनि अहिले भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिइएको छैन । स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन ।
प्रतिक्रिया